कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।
आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन् ।
एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाएका छन् । अहिले धनगढी–१ को मतगणना भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।