बैतडीको सूर्नया-२ मा राप्रपाको प्यानलै विजयी, कांग्रेस तेस्रो

बैतडीको सूर्नया गाउँपालिका–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा राप्रपाका गणेशबहादुर विष्ट ३ सय मतका साथ प्यानलसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार हर्क पाण्डेले २३८ मत पाए । नेपाली कांग्रेसका कृष्णबहादुर पाण्डेले १५० र माओवादीका पूर्णबहादुुर विष्टले १५५ मत ल्याए । यो वडामा एमाले र राप्रपाको चुनावी तालमेल भएको थियो । 

त्यस्तै, पाटन नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्रसिंह विष्ट विजयी भएका छन् । उनी १२१४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका लक्ष्मीदत्त भट्टले ७९० मत ल्याए ।

विष्ट गएको स्थानीय तहको निर्वाचनमा पनि सोही वडाबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । चार जना वडा सदस्य पनि नेपाली कांग्रेसकै विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै, पाटन नगरपालिका–४ को अध्यक्षमा नेकपा एमालेका दीपकसिंह विष्ट विजयी भएका छन् । उनले ७३४ मत प्राप्त गरे । विष्टका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्रबहादुर चन्दले ६५७ मत प्राप्त गरे । 

विष्ट गत निर्वाचनमा पनि एमालेबाटै वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै चार वडा सदस्यमा दुई एमालेबाट र दुई जना कांग्रेसबाट निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ७:२३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया