काभ्रेको नमोबुद्ध–१ मा कांग्रेसका बागी प्रेम लामा विजयी
फरकधार / १ जेठ, २०७९

काभ्रेको नमोबुद्ध नगरपालिका–१ वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार प्रेम लामा विजयी भएका छन् । उनी ५५६ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् । 



उनका प्रतिस्पर्धी नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत ल्याए । कांग्रेसले टिकट नदिएपछि लामाले स्वतन्त्र रूपमा प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए ।

उनको प्यानलबाट दलित महिला सदस्य र खुल्ला सदस्य विजयी भएका छन् ।   





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ९:४४:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया