बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक विजयी

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक निर्वाचित भएका छन् । विक २ हजार २८५ मतसहित गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । 

उनका प्रतिस्पर्धी माओवादी केन्द्रकै बागी प्रकाश घर्तीले २ हजार ९० मत पाए । ०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि स्वतन्त्रबाट चुनावमा प्रतिस्पर्धा गरेका थिए । 

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका छन् । उनले ३ हजार ४ सय ३ मत प्राप्त गरे । 

गाउँपालिकाको ५ वटै वडाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ९:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया