सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा एमालेका शेर्पा निर्वाचित

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा विजयी भएका छन् । उनी २०२८ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा विजयी भए ।

शेर्पाका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चुङ्बा शेर्पाले १६०९ र नेकपा माओवादी केन्द्रका सर्की शेर्पाले ९९ मत पाए । त्यस्तै, उपाध्यक्ष पदमा एमालेकै उम्मेदवार टासी ल्हमु शेर्पाले २०२३ मत ल्याउँदै विजयी भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी निर्मला कार्की थापा मगरले १५८२ र माओवादी केन्द्रका एञ्जल राईले ११३ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १०:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया