भरतपुर-१ को मतगणना सकिँदा रेनुको अग्रता, सुवेदी पछिपछि

चितवनको भरतपुर महानगरपालिकामामा ३२७७ मत गणना हुँदा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

उनले वडा नम्बरको १ को गणना सकिँदा उनले १२०८ मतका साथ अग्रता कायमै राखेकी हुन् । ​रेनुलाई पछ्याइरहेका एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले १०८७ मत प्राप्त गरेका छन् । बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४३० मत ल्याएका छन् । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३६५ मतका साथ शीर्ष स्थानमा छन् । उनलाई राप्रपाकी हिमला गुरुङले ८७७ मतका साथ पछ्याइरहेकी छन् । 

भरतपुर–१ को वडाध्यक्षमा कांग्रेसका केशव महर्जन निर्वाचित भए । उनी एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतले हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ११:६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया