हेटौंडा उपमहानगरपालिकाको चारवटा वडाको मतगणना चलिरहेको छ । यो समाचार तयार पार्दासम्म गठबन्धनका उम्मेदवार २ मतले अगाडि छन् ।
हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा ६६४१ मतगणना हुँदा एमाले र गठबन्धनका उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाको २१३० मत प्राप्त गरेकी छन् ।
यसैगरी, एमालेका अनन्त पौडेलले २१२८ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंहले २००१ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयर पदमा गठबन्धनका उम्मेदवार राजेश बानियाँले ३१६५ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्लेले २३९६ मत प्राप्त गरेका छन् । राप्रपाका इन्दिरा न्यौपानेले ७०५ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।