काठमाडौंका ६ वटा वडाको मतगणना जारी, बालेनको अग्रता झण्डै दोब्बर

काठमाडौं महानरपालिकाका ६ वटा वडामा मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बरले अग्रता लिएका छन् ।

साढे दुई बजेसम्मको मतगणनाको परिणामअनुसार बालेनले ३ हजार ११० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका केशव स्थापितको १ हजार ६४५ मत आएको छ ।

त्यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेसकी सिर्जना सिंहले १६०२ मत प्राप्त गरेकी छन् । अहिले काठमाडौं महानगरका वडा नम्बर १, २,३, ४, ३१ र ३२ मा मतगणना जारी छ ।

उनले सबै वडामा आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा बढी मत ल्याएर लिड गरिरहेका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १५:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया