रोचक बन्दै हेटौंडाको मतगणना, एमालेलाई उछिन्दै दोस्रोमा राप्रपा
फाइल तस्वीर

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा मेयरमा रोचक प्रतिस्पर्धा देखिएको छ । ताजा मतपरिणाम अनुसार पहिलो पटक राप्रपाका दीपकबहादुर सिंह दोश्रो स्थानमा उक्लन सफल भएका छन् । पहिलो स्थानमा भने गठबन्धनकी मीना लामा रहेकी छिन् । नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेल भने तेश्रो स्थानमा झरेका छन् ।

हेटौँडा उपमहानगरपालिकामा ७४४३ मत गणना हुँदाको ताजा परिणामअनुसार मेयरमा गठबन्धनकी मीना लामाको २२ सय ५९ मत प्राप्त गरेकी छन् । 

मतगणनाको शुरुवातदेखि नै तेस्रोमा रहेका राप्रकाका दीपकबहादुर सिंह अर्का प्रतिद्वन्द्वी अनन्त पौडेललाई पछि मार्दै दोस्रोमा झरेका छन् । सिंह हालको प्रारम्भिक मतगणना अनुसार २१ सय ७७ मत प्राप्त गरेका छन् । 

त्यस्तै, एमालेतर्फका मेयरका उम्मेदवार अनन्तप्रसाद पौडेल तेस्रो स्थानमा रहँदै २ हजार ९० मत प्राप्त गरेका छन् । हाल हेटौंडाको १, २, १८ र १९ नम्बर वडाको मतगणना भैरहेको छ । मतगणना अहिले जारी रहेको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १५:३६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया