धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार अगाडि, पछिपछि कांग्रेस
प्रतीकात्मक तस्वीर

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम छ। सुरुवातदेखि नै अग्रता लिएका हमालले ३ हजार ८९२ मतगणना हुँदा १ हजार ८२९ मत पाएका छन्। 

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ५६ मत पाएका छन्। हमाल र वडबीच ७७३ मतको अन्तर छ। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १९२ मत पाएका छन्। 

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ९०४, स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६१७ र एमालेकी कन्दकला रानाले ५०६  मत पाएका छन्। यो वडा नम्बर १ को मतगणना नजिता हो।  अहिले १९ को पनि मतगणना भइरहेको छ। 

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। अहिले वडा १ र १९ मतगणना जारी रहको छ । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १५:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया