पोखरा महानगरमा ३५ सय मत गन्दा धनराजले ल्याए १३४९ भोट
फाइल तस्वीर

पोखरा महानगरपालिकामा मत गणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार अहिले ३५ सय मत गणना भएको छ । 

पछिल्लो मतअनुसार गठबन्धनका नेकपा एकीकृत समाजवादीका उमेदवार धनराज आचार्यले अग्रता लिएका छन् । उनले १३४९ मत प्राप्त गरेका छन्  । उनलाई एमालेका उम्मेदवार कृष्ण थापाले पछ्याइरहेका छन् । थापाले १२५० मत प्राप्त गरेका छन् । 

त्यस्तै, राप्रपाका शंकर खरालले १९३ मत ल्याउँदा स्वतन्त्र गनेस पौडेलले ७३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी उमेदवार कोपिला रानाभाटले १४५० ल्याएर लिड गरेकी छन् । उनलाई एमालेकी मञ्जु गुरुङले १४०५ मतसहित पछ्याइरहेकी छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १८:४४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया