काठमाडौंमा अग्रता कायमै राखेका बालेन स्थापितभन्दा १८ सय मतले अगाडि

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । जारी मतगणनामा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साह अघि छन् ।

काठमाडौंको पछिल्लो मतगणनाको ताजा परिणामअनुसार नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितभन्दा बालेन साह झण्डै दोब्बर मतले अघि छ ।

बालेनले ३८३४ प्राप्त गर्दा उनलाई पछ्याइरहेका स्थापित १९९६ मत पाएका छन् । जसअनुसार १८३८ मतले बालेन केशव स्थापित भन्दा अगाडि छन् ।

त्यस्तै, तेस्रो स्थानमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंह छन् । उनले १८०२ मत प्राप्त गरेकी छन् । अहिले काठमाडौं महानगरका ६ वटा वडाको मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १९:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया