विराटनगरः ९२७८ मत गन्दा नागेशले पाए २९३२, सागरको २१२३ भोट
फाइल तस्वीर

प्रदेश १ को एक मात्र महानगर विराटनगरमा गठबन्धनले सुरुवातदेखिनै लगातार अग्रता बढाउँदै लगिरहेको छ । 

हालसम्म ९२७८ मत गणना हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला २९३२ मतसहित अग्र स्थानमा छन् । 

उनका निककतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले २१२३ मतका साथ पछ्याइरहेका छन् । 

जसपाबाट विद्रोह गर्दै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ९३१ मत ल्याएका छन् । 

उपमेयरमा भने एमालेकी शिल्पा कार्की धेरै अगाडि छिन् । उनले २४२७ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अमरेन्द्र यादवले १६७८ मतसहित कार्कीलाई पछ्याई रहेका छन् । 

माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेकी नमिता न्यौपाने उपमेयरमा ५४५ मत प्राप्त गरेकी छिन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १९:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया