काठमाडौंमा बालेनले ४१३९ मत ल्याउँदा स्थापितको २१४८, सिर्जनाको कति ?

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले ४१३९ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी एमालेका मेयरका उम्मेदवार स्थापितले २१४८ मत प्राप्त गरेका छन् ।  सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई १९३४ मत प्राप्त भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३३८४ मत ल्याई अग्रता कायम गरेकी छन् । सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ९९२ मत ल्याएका छन् ।

त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले ७६० मत प्राप्त गरेकी छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २०:२२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया