रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए । 

उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।

यो पालिकामा ६ वटा वडा छन् । वडा नम्बर १ मा एमालेका उर्केन छिरिङ तामाङ, २ मा कांग्रेसका कामी छिरिङ तामाङ, ३ मा एमालेका मिङमार छिरिङ तामाङ, ४ मा कांग्रेसका डिण्डु लामा ज्याबा तामाङ, ५ मा एमालेका दावा मिङमार तामाङ र ६ मा एमालेका दावा सिदार वाइबा विजयी भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिकामा ५ हजार ८ सय ९० मतदाता रहेकोमा ४ हजार ७ सय ७३ मत खसेको थियो ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ७:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया