मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेका देवकृष्ण पुडासैनी विजयी भएका छन् । उनी ३ हजार ७२२ मतका साथ अध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्व लामाले ३ हजार ४७२ प्राप्त गरे । निवर्तमान अध्यक्षसमेत रहेका एकीकृत समाजवादीका जीवन लामाले भने ४७९ मत मात्रै पाए ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामा विजयी भएकी छन् । उनी ३ हजार ७२५ मतसहित विजयी भइन् । पराजित कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत पाइन् ।
यो पनि– पुडासैनीले ६० वर्षमा पाए गाउँपालिका अध्यक्षको टिकट, भन्छन्– गठबन्धनको छैन पीर
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।