मकवानपुरगढी–२ र ७ मा कांग्रेसको प्यानलै विजयी

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ मा पुनः नेपाली कांग्रेसका बखान सिंह पाख्रीन निर्वाचित भएका छन् । २ हजार २८० मत खसेको वडामा उनले ११७१ मत प्राप्त गरे । आइतबारबाट गणना सुरु भएको उक्त वडामा सोमबार बिहान अन्तिम मत परिणाम सार्वजानिक भएको हो 

उक्त वडामा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार सन्तबहादुर सिंगारले ५९७, नेकपा माओवादी केन्द्रका जीतबहादुर लोले ३३७ मत पाए ।

त्यस्तै, वडा नम्बर २ बाट गाउँपालिका अध्यक्ष उम्मेदवार कांग्रेसका दोर्जे लामा स्याङतानलाई १२१८ मत र एमालेका उम्मेदवार विदुर हुमागाइँलाई ७७४ मत प्राप्त भएको छ ।

त्यस्तै, उपाध्यक्ष पदमा माओवादी केन्द्रका मानकुमारी पाख्रीनले १०४९ र एमालेका उम्मेदवार सन्तु थिङले ६५७ मत प्राप्त गरे । त्यस्तै, वडा नम्बर ७ मा नेपाली कांग्रेसका सूर्यबहादुर रुम्बा पुनः निर्वाचित भएका छन् । 

उनी ६७६ मतका साथ प्यानलसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकरत्न गोलेले ४१०, माओवादी केन्द्रका चन्द्रबहादुर योन्जनले ४०४ मत प्राप्त गरे । 

७ नम्बर वडाबाट गाउँपालिकाका अध्यक्ष उम्मेदवार दोर्जे लामा स्याङतानलाई ९२९, विदुर हुमागाइँलाई ४५२ मत प्राप्त भएको छ ।   





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ८:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया