हेटौंडामा रोचक प्रतिस्पर्धा : नेकपा एस १ मतले अगाडि, पछ्याउँदै राप्रपा
फरकधार / २ जेठ, २०७९

हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।



उपमहानगरपालिकाको ११ हजार ६७३ मत गनिसक्दा गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले जम्मा १ मतको अग्रता लिएकी छिन् ।

लामाले ३ हजार ४५६ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ३ हजार ४५५ मत प्राप्त गर्दै दोस्रो स्थानमा  छन् । एमालेका उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत प्राप्त गर्दै करिब ४०० मतले पछाडि रहेका छन् ।



उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली  कांग्रेसका राजेश बानियाँले ५ हजार १०३ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् भने एमाले उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार ९५६ मत र राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ८६८ मत प्राप्त गर्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।



  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ८:१८:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया