प्रेम आलेको पालिकामा एमाले विजयी, समाजवादी तेस्रो

मन्त्री प्रेम आले मगरको क्षेत्र डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्ष जमुनाकुमारी रोकाया फेरि विजयी भएका हुन् ।

अध्यक्ष र उपाध्यक्ष दुवैजना दोहोरिएका हुन् । ओझा ३ हजार ४४९ मत ल्याएर अध्यक्षमा निर्वाचित भए । यस्तै, उपाध्यक्षमा ३ हजार ५९९ मतका साथ रोकायाले निर्वाचित भइन् । 

अध्यक्षका ओझाका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्टले ३ हजार ४१२ ल्याए । एकीकृत समाजवादीका किरण मल्लले १ हजार ६५९ मत पाएर तेस्रो भए ।

उपाध्यक्षमा कांग्रेसकी चन्द्राकुमारी साउँदले ३ हजार ५१७ र माओवादीकी प्रेमाकुमारी ओलीले १ हजार ३१७ मत पाए । सो पालिकामा एकीकृत समाजवादी र माओवादीले गठबन्धन गरेका थिए । 

कांग्रेसले आफू एक्लै जित्ने आशाले तालमेल गरेको थिएन ।  





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ९:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया