डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्षमा माओवादीका गड्सिला विजयी

डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) उम्मेदवार कमलबहादुर गड्सिला विजयी भएका छन् । उनी २ हजार ५८ मतका साथ विजयी भएका हुन् । 

गड्सिलाका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हस्तबहादुर बुढाले २ हजार २४ मत प्राप्त गरे । गड्सिला अघिल्लोपटक पनि गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । त्यस्तै, कांग्रेस गाउँपालिका अध्यक्ष उम्मेदवार डीलबहादुर बमले १ हजार ९ सय ३४ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेस उम्मेदवार विष्नादेवी बम विजयी भएकी छन् । उनी ७२ मतको मतान्तरले विजयी भइन् । उनले २ हजार ६३ मत ल्याइन् । 
उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार ज्ञानु मल्ल बमले १ हजार ९ सय ९१ मत प्राप्त गरिन् । 

माओवादी केन्द्रका उमेदवार कलावती कुमारी चिमालले १ हजार ८ सय ७१ मत ल्याइन् । गाउँपालिकाको ७ वडामध्ये तीनमा कांग्रेस र दुई/दुईमा माओवादी र एमालेका उम्मेदवार विजयी भएका छन् ।  





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ९:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया