धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएको भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै स्थगित भएको हो ।
धनौजी–१ लखौरी गाउँमा मतदानको मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएको थियो । विवाद बढेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोसराज खनालले बताए ।
विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाइ फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले मतगणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए ।
यहाँ आइतबार रातिदेखि नै मतगणना भइरहेको थियो । धनौजी–३,४ र ५ को मतगणा सम्पन्न भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।