काठमाडौं गोकर्णेश्वर–४ मा लौरो चुनाव चिन्हका उम्मेदवार विजयी

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा जयराम महत रहेका छन् ।  

उनी १ हजार २७ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् । महतका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का श्रीकुमार श्रेष्ठले ९९९ मत प्राप्त गरे । पराजित श्रेष्ठ ०७४ मा भने वडाध्यक्षमा विजयी भएका थिए ।

नवनिर्वाचित महत यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट वडासदस्यमा निर्वाचित भएका थिए । तर, यसपालि टिकट नपाएपछि उनी स्वततन्त्रबाट उम्मेदवारी दिएका थिए । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १०:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया