\
कलाकार राज घिमिरे (सानुराजा घिमिरे) काठमाडौंको गोदावरी नगरपालिका–३ वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी नेकपा माओवादीबाट ११ मतान्तरले वडाध्यक्षमा विजयी भएका हुन् ।
घिमिरेले १०५९ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम आचार्यले १०४८ मत प्राप्त गरे । नवनिर्वाचित घिमिरेले नेपाली चलचित्र ‘चपली हाइट’ मा नायकको भूमिका निर्वाह गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।