भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । उनी आज बिहान साढे १० बजे लुम्बिनी आइपुगेका हुन् ।
मोदी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए ।
नेपाल ओर्लिएलगत्तै मोदीले लुम्बिनी आउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । ‘बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको छु,’ मोदीले भने ।
उनको स्वागतका लागि प्रधानमन्त्री देउवासहित सरकारका मन्त्री पनि लुम्बिनी पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।