बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा माओवादीका तुफान, उपाध्यक्ष्यमा पनि गठबन्धनकै दौल्याल विजयी

बझाङको दुर्गाथली गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दिलबहादुर थापा (तुफान) निर्वाचित भएका छन् । गठबन्धनको साझा उम्मेदवार रहेका उनी २ हजार मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भए । 

थापाका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार दलबहादुर धामीले १ हजार ८१६ मत प्राप्त गरे । विजयी थापा २०७४ को निर्वाचनमा पराजित भएका थिए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका जनक दौल्याल विजयी भएका छन् । उनी २ हजार ८३४ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी शारदा विकले १ हजार ८०२ मत ल्याइन् । 
 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १३:४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया