बझाङको बुंगल नगरपालिकाको मेयरमा कांग्रेसका धामी र उपमेयरमा नेकपा एसका बाेहरा विजयी

बझाङको बुंगल नगरपालिकाको प्रमुखमा गठबन्धनबाट चुनाव लडेका नेपाली कांग्रेसका जयबहादुर धामी विजयी भएका छन् । उनी ७६१५ मतका साथ नगरपालिका प्रमुखमा विजयी भएका हुन् ।

धामीका प्रतिद्वन्द्वी नेकपा एमालेकी धनादेवी कुँवरले ३ हजार २७१ मत मात्र प्राप्त गरिन् । त्यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा विजयी भएका छन् ।

उनी ६६४६ मत ल्याउँदै उपप्रमुखमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका अम्मराज जोशीले २९३२ मत प्राप्त गरे । ११ वडा रहेको बुङ्गल नगरपालिकामा आठ वडामा गठबन्धन र तीन स्वतन्त्रले जितेका छन् ।

वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका कस्सो बोहरा ८४८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका अक्कल बोहराले ४८६ मत मात्र ल्याए । वडा नम्बर २ मा माओवादी केन्द्रका विरे धामी ७८१ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन धामीले ३७४ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा कांग्रेसका धर्मराज जोशी ५०७ मतका साथ विजयी भए । वडा नम्बर ४ मा कांग्रेसका गणेश कार्की (५९४), वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निराजन कुँवर (६०३), वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार राम देवार (६२९),  वडा नम्बर ७ मा एकीकृत समाजवादीका टंकप्रसाद जोशी (४८९), वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदार लोकेन्द्र जाग्री (५०७), वडा नम्बर ९ मा कांग्रेसका हरिष सिंह (६८४), वडा नम्बर १० मा कांग्रेसका प्रेम ओखेडा (३११) र वडा नम्बर ११ मा एकीकृत समाजवादीका लोकराज जोशी (५३४ मत) निर्वाचित भए ।

बुंगलमा यसपालि एमालेले भने एउटा वडा पनि जित्न सकेन । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १३:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया