कास्कीको रुपा गाउँपालिकामा भारी मतान्तर साथ एमाले विजयी भएको छ । अध्यक्षमा नवराज ओझाले कांग्रेसकी गीमाया गुरुङलाई एक हजार ६१२ मतान्तरले हराए । ओझाले पाँंच हजार ७४९ मत पाउँदा गुरुङले चार हजार १३७ मत पाइन् ।
उपाध्यक्षमा भने करिब १२ सयको मतान्तर छ । एमालेकी लालसुब्बा गुरुङले पाँच हजार ३३३ मत ल्याउँदा कांग्रेसका नारायण श्रेष्ठले चार हजार १५३ मत पाएका छन् । अहिले विजयी दुवै उम्मेदवार दोश्रो पटक उम्मेदवार बनेका हुन् ।
यस्तै, एमालेले २, ३, ४, ५, ६ र ७ नम्बर वडामा प्यानल जितेको छ भने कांग्रेसले १ नम्बर वडामा प्यानल जितेको छ । कांग्रेसको प्रभाव पालिकाको रुपमा लिइने रुपामा निकै कमजोर देखिएको छ । त्यसो त, यहाँ जिल्लाले टिकट दिएको व्यक्तिको टिकट खोसेर अर्को उम्मेदवार केन्द्रले पठाएको हो । त्यसले पनि मतान्तर बढाएको आँकलन गरिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।