हुम्ला जिल्लाका तीनवटा स्थानीय तहमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
जिल्लाको खार्पुनाथ गाउँपालिका गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर रावल १ हजार ८१० मतका साथ पालिकाको अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश शाहीले १ हजार १९५ मत ल्याएका थिए ।
यसैगरी, उपाध्यक्ष पदमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह (भरत) १ हजार ८७२ मतका साथ विजयी भएका छन् ।
तांजाकोट गाउँपालिकामा माओवादी केन्द्रका लालकेस जैशी एक हजार ८१० मतका साथ विजयी भएका छन् । केसीका प्रतिद्वन्द्वी नेकपा एमालेका अजमल बुढाले ९९५ मत ल्याएका थिए ।
यसैगरी, गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसका सुरेन्द्रबहादुर थापा एक हजार तीन सय ९५ मतका साथ विजयी भएका छन् । थापाकी प्रतिद्वन्द्वी नेकपा एमालेकी रुपचन्द्रा ऐडीले कुल ४७७ मत ल्याएकी थिइन् ।
नाम्खा गाउँपालिकामा माओवादी केन्द्रका प्रेमबहादुर लामा एक हजार ३२३ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर लामा (स्वतन्त्र) ले ६२३ मत ल्याएका थिए ।
नाम्खाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार तक्दिर लामा एक हजार ९४ मतका साथ विजयी भएका छन् । लामाका प्रतिद्वन्द्वी नेकपा एमालेका नोर्साङ तामाङले ७६२ मत ल्याएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।