मकवानपुरको कैलाशका निवर्तमान अध्यक्ष मुक्तानले मात्र १२० मत पाए

मकवानपुरका कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंक मुक्तानले पालिकाभरिबाट जम्मा १२० मत मात्र प्राप्त गरेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

त्यतिबेला उनले २ हजार ८०२ मत ल्याएका थिए । एमाले विभाजन भएसँगै मुक्तानले नेकपा एकीकृत समाजवादी रोजेका थिए । सोमबार आएको कैलाशको मतगणना परिणाममा उनले १२० मत मात्र प्राप्त गरेका छन् ।

कैलाशमा नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मुक्तान चार हजार ९८७ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्द्र लाल रिजालले चार हजार ९३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १५:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया