आइतबार शपथ लिँदै दीपक मनाङ्गे !

काठमाडौं– मनाङबाट प्रदेश सभा सदस्य चुनिएका स्वतन्त्र सांसद् राजीव गुरुङ (दीपक मनाङ्गे) को आइतबार शपथ ग्रहण हुने उनी निकट स्रोतको दाबी छ । 

स्रोतका अनुसार प्रदेशसभा सांसद्‍का रुपमा शपथ लिन आइतबार बिहानै उनी पोखरा जाने तयारीमा छन् । 

ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्गेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । उनले शपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए । 

थुनामा नै रहेका कैलालीका संसद रेशमकुमार चौधरीले शपथ लिएपछि मनाङ्गेले पनि शपथ लिन पाउनु पर्नने माग राखेका हुन् ।

नेकपा नेता तथा गंडकी प्रदेश सभा सदस्य राजीव पहारीले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । ‘मलाई यस विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन,’ फरकधारको प्रश्नमा उनले भने । 





  • प्रकाशित मिति : पुस २१, २०७५ शनिबार २०:४६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया