महिला टी–२० सिरिज : पहिलो खेलमा नेपाल पराजित

महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । ऊ आज सम्पन्न खेलमा युगाण्डासँग १२ रनले पराजित हुन पुगेको हो ।

१०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । 

नेपालका लागि ईन्दु बर्माले सर्वाधिक १६ रनको योगदान दिइन् । डोली भट्टले १३, विन्दु रावलले १२ र कविता कुँवरले अविजित ११ रन बनाए ।

युगाण्डाका लागि सारा ओकिटेङ र कोन्सी अविकोले दुई–दुई तथा जेनेट एम्बाबाजी र रिता मुसामालीले एक–एक विकेट हात पार्दा तीन विकेट रन आउटका रुपमा प्राप्त भयो । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनएको थियो ।

युगाण्डाका लागि जेनेट एम्बाबाजीले सर्वाधिक २९ रन जोडिन । रिता एनयागेन्गोले १८,केभिन अविनोले १५, फ्रान्कलिन नाजुम्बाले १२ र रिता मुसामालीले अविजित १३ रन बनाए । 



नेपालका कविता कुँवरले दुई तथा कप्तान रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले एक–एक विकेट हात पारे । 

यो जितसँगै युगाण्डा पाँच खेलको सिरिजमा १–० ले अघि बढेको छ । दोस्रो खेल मंगलबार हुनेछ । 



  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १६:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया