भरतपुर महानगरपालिकामा १३ हजार ७६५ मत गणना हुँदा मेयरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् ।
विजयले नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको भन्दा ६८ मतले अग्रता लिएका हुन् ।
विजयले ४६८८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी रेनुले ४६२० मत पाएकी छन् ।
त्यस्तै, नेपाली कांग्रेसका बागी उम्मेदवारले जगन्नाथ पौडेलले दुई हजार मत कटाएका छन् । उनले २ हजार ७४ मत पाएका हुन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले ५४८२ मत पाएका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले पछ्याइरहेकी छन् । उनले ३७२५ मत ल्याएकी छन् ।
भरतपुर–४ वडाध्यक्षमा नेपाली कांग्रेसले १ हजार मत कटाउँदा एमालेले ६९१ मत पाएको छ । त्यस्तै राप्रपाले ३८७ मत ल्याएको छ ।
भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।