रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका विजयी भएका हुन् । उनीहरु दुवै माओवादी केन्द्रका उम्मेदवार हुन् । सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको चुनावी गठबन्धन रहेको थियो ।
अध्यक्ष विष्टले विष्टले एक हजार ६९९ मन्तान्तरका साथ ६ हजार १९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोरखप्रसाद चन्दले चार हजार ३२० मत प्राप्त गरे ।
गाउँपालिकाको उपाध्यक्षमा कमला रोकाले दुई हजार ५३८ मतान्तरका साथ पाँच हजार ९५८ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश खड्काले तीन हजार ४४२ मत ल्याएका थिए ।
सानीभेरी गाउँपालिकाको ३ र ४ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कुल ११ वडा रहेको गाउँपालिकाका अन्य सबै वडामा माओवादी केन्द्रका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।