महोत्तरीको मनरा शिस्वा नगरपालिका–९ को वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शशि भूषण झा निर्वाचित भएका छन् ।
लोसपाका उम्मेदवार झा ४४९ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका कारी कापरले ४२० मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बलीराम रायले ३६६ मत ल्याएका छन् भने नेकपा एमालेका मनोज कुमार झाले १०१ मत प्राप्त गरेका हुन् ।
सो वडामा कुल १ हजार ३८६ मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।