वीरेन्द्रनगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
फाइल तस्वीर

सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार उपेन्द्रबहादुर खड्काले अग्रता लिइरहेका छन् । 

यसैगरी नगर उप–प्रमुख पदमा नेकपा एमाले तर्फका उम्मेदवार नीलकण्ठ खनाल अग्र स्थानमा छन् ।

खड्काले कुल ६ हजार ९९८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार मोहनमाया भण्डारी खड्काभन्दा ३१० मतले पछाडि छन् । 

नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अर्का उम्मेदवार मुकुन्दश्याम गिरीले हालसम्म कुल तीन हजार ३३१ मत ल्याएका छन् ।

नेकपा एमालेबाट उप–प्रमुख पदका उम्मेदवार खनालले आठ हजार ३२३ मत ल्याएका छन् । खनाल आफ्ना निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति ढकालभन्दा तीन हजार ९१ मतले अगाडि छन् । ढकालले पाँच हजार दुई सय ३२ मत ल्याएकी छिन् । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उप–प्रमुख पदकी उम्मेदवार लक्ष्मीकुमारी सार्कीले एक हजार २५१ मत ल्याएकी छिन् ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १९:४२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया