कालिकोटको तिलागुफा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । दुई हजार ९१६ मत ल्याएर उनी मेयरमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले दुई हजार ५४० मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले ७८० मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले दुई हजार ७५९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीताकुमारी वली (थापा) ले दुई हजार ४१५ मत पाएकी छिन् ।
यो नगरपालिकामा नेकपा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा थियो भने नेकपा एमाले र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।