विराटनगर महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् ।
सुरुदेखि नै अग्रता कायम गरेका कोइरालाले लगातार मतान्तर बढाउँदै लगेका हुन् । सोमबार साँझ साढे ७ बजेसम्मको मत परिणाम अनुसार कोइराला ५ हजार ९ सय ८ मतसहित अग्रस्थानमा छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले ४ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ९ सय ८३ मत ल्याएका छन् ।
उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले मतान्तर फराकिलो बनाउँदै लागेकी छिन् । उनले ४ हजार ९ सय ३३ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार जसपाका अमरेन्द्र यादवले ३४३२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।