भरतपुरमा चार वडाको मतगणना सकियो, रेनु झिनो मतान्तरले अगाडि

चितवनको भरतपुर महानगरपालिकामा चारवटा वडाको मतगणना कार्य सकिएको छ । चार वडाको मत गणना सकिँदा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल ३० मतले अगाडि छिन् । 

१७०३४ मतगणना हुँदा उनले ५७१८ मत पाएकी हुन् । रेनुका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ५६८८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल २७८८ मतका साथ तेस्रो स्थानमा छन् । 

उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका चित्रसेन अधिकारी ६९८२ मतका साथ शीर्ष स्थानमा छन् । राप्रपा–एमाले गठबन्धनकी हिमला गुरुङले ४६२८ मत ल्याएकी छन् ।

वडा नम्बर ४ को अध्यक्षमा कांग्रेसका अर्पण पोखरेल विजयी भएका छन् । उनी २५३० मतका साथ वडाध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भानुभक्त सापकोटाले १६३३ मत ल्याए । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ६:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया