ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा कांग्रेसका गणेश केसी विजयी

ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी–कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् । 

गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका केसीले ३ हजार ४ सय ५५  मतले जित हासिल गरेका हुन् । उनी कांग्रेस नेता हुन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय ८७ मत ल्याएकी छन् । माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले स्वतन्त्र रूपमा अध्यक्षको उम्मेदवारी दिएकोमा उनले २ सय ३८ मत ल्याएका छन् ।

उपाध्यक्षमा विजयी गोलेले ३ हजार १ मत ५२ ल्याएकी छिन् । उनका निकतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाँईले २ हजार ७ सय ८७ मत ल्याएका छन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ६:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया