धनगढीमा गोपाल हमाल ३२४४ मतले अगाडि, एमाले उम्मेदवारले पाएको भन्दा बढी मत बदर

कैलालीको धनगढी उमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । १४ हजार ७ सय ३६ मत गणना हुँदा उनले ३ हजार २ सय ४४ को मतान्तर बनाएका छन् ।

हमालले अहिलेसम्म ६ हजार ५ सय ९६ मत पाएका छन् । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नृपबहादुर वडले ३ हजार ३ सय ५४ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेको तर्फबाट उम्मेदवारी रहेका रणबहादुर चन्दले १ हजार ६ सय ७४ मत पाएका छन् ।

अहिलेसम्म मेयरमा २ हजार ९ सय ३२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९ सय ४० मतका साथ अगाडि रहेकी छन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार कन्दकला रानाले २ हजार ८ सय ४५ मत पाएकी छन् । 

उपमेयरको मताअन्तर ९५ मात्र रहेको छ । त्यस्तैगरी स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६ सय ४७ मत पाएका छन् । उपमेयरमा ६ हजार ९ सय मत बदर भएको छ । 

उपमेयरमा गठबन्धन उम्मेदवार अधिकारीको मत बढी बदर भएको पाइएको गणनामा रहेका प्रतिनिधिले बताएका छन् । उपमेयरमा एमालेको तर्फबाट उम्मेदवार रहेककी रानाको सम्भावना बलियो बनेको छ ।

एमालेको पकड क्षेत्रको मतगणना बाँकी रहेको हुँदा उपमेयरमा उनकोको सम्भावना बढी रहेको हो ।  





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ७:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया