मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २२ हजार ८५० मतगणना हुँदा राप्रपाका दीपकबहादुर सिंहले अग्रता लिएका छन् । उनले ८ हजार २ सय ६७ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८ हजार ६७ मत प्राप्त गरेकी छन् । पछिल्लो मतगणनामा गठबन्धलाई २ सय मतले पछि पार्दै राप्रपा अगाडि बढेको छ । तेस्रोमा एमालेका उम्मेदवार अनन्त पौडेल छन् ।
उनले ६ हजार ५ सय २१ मत प्राप्त गरेका छन् । हेटौंडामा मतगणनाको सुरुवातदेखि नै कहिले गठबन्धन त कहिले राप्रपा अगाडि आउने क्रम चलिरहेको छ ।
त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँले ११ हजार ७ सय ९१ मत प्राप्त गरेका छन् । एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८ हजार ३३ मत पाएकी छन् ।
यसैगरी राप्रपाका इन्दिरा न्यौपानेले २ हजार १० मत प्राप्त गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।