युगाण्डाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल, सिरिज बराबर गर्ने मौका

पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाल दोस्रो खेलमा युगाण्डाविरुद्ध आज खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उत्रँदै गर्दा नेपाल शृंखला १–१ को स्थितिमा झार्न चाहन्छ । 

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगाण्डासँग १२ रनले पराजित भएको थियो । सीता राना मगरको अनुपस्थितिमा बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपाल ब्याटिङ र फिल्डिङमा भने कमजोर देखिएको थियो ।

युगाण्डालाई १०३ रनमा रोकेको नेपाल ९० रनमा समेटिएको थियो । दोस्रो खेलमा भने कप्तान रुबिना र प्रशिक्षक जगत टमटाले कमजोरी सुधार गर्दै खेलमा फर्कने बताएका छन् ।

पहिलो खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरेकी थिइन् । नेपाल र युगाण्डाबीचको शृंखला पाँच खेलको हुनेछ । नेपाली महिला टिमले घरेलु मैदानमा खेलेको यो पहिलो सिरिज हो ।   





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ८:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया