काठमाडौं महानगर : बालेनले कटाए १० हजार मत, स्थापित झण्डै दोब्बर मतले पछि
फरकधार / ३ जेठ, २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले १० हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार बालेनले १० हजार २४१ मतका साथ अग्रता कायमै राखेका छन् । 



उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ५४५३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७४२ मत पाएकी छन् । उनी गठबन्धनकी उम्मेदवार हुन् । 

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी छ । अहिलेसम्म गणना सुरु भएका सबै वडामा बालेनले अग्रता लिएका छन् ।  





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ८:५८:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया