कांग्रेस बागमती सभापति बानियाँको वडामा एमालेको प्यानलै विजयी

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएको हो । 

अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए । 

अनिल ०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ९:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया