नेकपा (एकीकृत समाजवादी) ले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय निधन भएको २९ औँ स्मृति दिवस मनाउँदै छ ।
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । पार्टीले स्मृति दिवसको कार्यक्रम पार्टी कार्यालय आलोकनगरमा गर्ने जनाएको छ । भण्डारीलाई नेपाल कम्युनिष्ट आन्दोलनका नवीन विचारक र सिद्धान्तकारको रूपमा चित्रण गरिन्छ ।
उनको २९ वर्षअघि अर्थात् ३ जेठ २०५० मा चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएको थियो । निधन भएको तीन दिनपछि दुर्घटनास्थल भन्दा केही तल उनको शव भेटिएको थियो ।
जीवराज आश्रितको शव भने गाडीमै फेला परेको थियो । घटनाको छानबिनका लागि धेरै आयोग बनेपछि कसैले वास्तविकता ल्याउन सकेनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।