इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेसका केरुङ विजयी, उपाध्यक्षमा एमाले

इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । केरुङ नेकपा एमालेका उम्मेदवार ओम नारायण खनाललाई भारी मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

केरुङले ६ हजार ६५० मत पाउँदा खनालले ३ हजार ७५५ मात्रै मत पाए । यसअघि चुचालुली गाउँपालिकामा एमालेको नेतृत्व थियो ।

उनै केरुङलाई हराउँदै एमालेका प्रदीपचन्द्र राई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छिन् ।

उनले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सुकबहादुर लावतीलाई पराजित गरेकी हुन् । लिम्बूले ४ हजार ४५० मत पाएकी छिन भने लावतीले ३ हजार ४४२ मत प्राप्त गरेका छन् ।   





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १०:३४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया