बझाङमा ८ पालिकाको मतपरिणाम सार्वजनिक : चारमा कांग्रेस, तीनमा एमाले विजयी

बझाङमा अहिलेसम्म आठवटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बित्थडचिर, थलारा, दुर्गाथली, खप्तडछान्ना, मष्टा, तल्कोट, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । जयपृथ्वी नगरपालिका, केदारस्यूँ, छबिसपाथिभेरा र सुर्मा गाउँपालिकाको मतगणना चलिरहेको छ ।

मतपरिणाम सार्वजनिक भएका पालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले चार, एमालेले तीन र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको छ । कांग्रेसले बुंगल नगरपालिका, बित्थडचिर, खप्तडछान्ना र मष्टा गाउँपालिकामा जित हात पारेको छ । त्यस्तै, एमालेले थलारा, तल्कोट र साइपाल गाउँपालिकामा जित हात पारेको छ । यस्तै माओवादीले दुर्गाथली गाउँपालिकामा जित हात पारेको छ । 

जिल्लाको बुंगल नगरपालिका प्रमुखमा कांग्रेसका जयबहादुर धामी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा विजयी भएका छन् । त्यस्तै, बित्थडचिर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अम्मरबहादुर महर विजयी भएका छन् । 

उपाध्यक्षमा कांग्रेसकै धनलक्ष्मी कुमारी सिंह मल्ल विजयी भएकी छन् । खप्तडछान्ना गाउँपालिका अध्यक्षमा कांग्रेसका उत्तम रोकाया विजयी भए । उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु थापा विजयी भएका छन् । 

मष्टा गाउँपालिका अध्यक्षमा कांग्रेसका ज्ञानबहादुर बोहरा निर्वाचित भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका हर्क धामी विजयी भए । थलारा गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी भएका छन् ।

उपाध्यक्षमा कांग्रेसका राम खाती विजयी भएका छन् । यस्तै, तल्कोट गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका कलक बहादुर रोकाया विजयी हुँदा उपाध्यक्षमा पनि नेकपा एमालेकै पार्वती भण्डारी विजयी भएकी छन् । साइपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि नेकपाकै उम्मेदवार विजयी भएका छन् । 



साइपाल गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर बोहरा र उपाध्यक्षमा एमालेकै डोल्मा तामाङ विजयी भएका हुन् । दुर्गाथली गाउँपालिकामा माओवादी केन्द्रका दिलबहादुर थापा अध्यक्षमा विजयी भएका छन् ।

उपाध्यक्षमा कांग्रेसका जनक दौल्याल विजयी भएका हुन् । 



  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ११:३४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया