धनुषाको धनौजी गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा कांग्रेसका साह र मण्डल

धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार  विजयी भएका छन् । अध्यक्षमा राजकुमार साह २ हजार २६२ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । 

यस्तै, उपाध्यक्षमा कांग्रेसकै रामवतिदेवी मण्डल निर्वाचित भएकी हुन् । उनले २ हजार ४३० मत ल्याएकी हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी लोसपाकी रञ्जितादेवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन् ।  

यस्तै वडा नं. १ बाहेक ४ वटा वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नं. १ मा लोसपाको प्यानल विजयी भएको हो । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १२:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया