सर्लाहीको बलरामा नगरपालिको मेयर/उपमेयरमा माओवादीका उम्मेदवार विजयी

सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा रामाशंकरप्रसाद कुशवाहा र उपमेयरमा कोशिला देवी निर्वाचित भएका हुन् ।

मेयरमा विजयी भएका कुशवाहाले ४६४३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अभय कुमार सिंहले ३६३१ मत ल्याए । यस्तै, उपमेयरमा कोशिला ४३५१ मत ल्याउँदै विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रागनी देवीले ३७४० मत ल्याइन् । 

त्यस्तै, वडा नं. १ मा कांग्रेसका नन्दलाल राउत, वडा २ मा नेकपा एमालेका रामनारायण सहनी, वडा ३ मा कांग्रेसका आनन्द मोहन मिश्र, वडा न४ मा कांग्रेसकै मनीभूषण सिंह, वडा ५ मा मनोज मोहनकुमार सिंह, वडा ६ मा लोसपाकी अनिता देवी सहनी, वडा ७ मा प्रवीणकुमार सिंह, वडा ८ मा छेतनु साह, वडा ९ मा माओवादी केन्द्रका वीरेन्द्रप्रसाद चौधरी, वडा १० मा दिनेशप्रसाद कुशवाहा र वडा ११ मा माओवादी केन्द्रकै सुखलाल सहनी निर्वाचित भएका छन् । 
 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १२:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया