धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका साह निर्वाचित

धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकरप्रसाद साह निर्वाचित भएका छन् । उनी ३ हजार ३२६ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादवले २ हजार ९२३ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै पुनम साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकीकुमारी मण्डलले २ हजार ७९० मत ल्याइन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १३:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया